दफा ९५
तलब, भत्ता तथा अन्य सुविधा
(१) मर्यादापालकले आफू बहाल गरेको दिनदेखि नेपाली सेनाको समान पदको शुरु तहको शुरु स्केल सरह तलब पाउनेछ ।
(२) तलबवृद्धि रोक्का गरिएको अवस्थामा बाहेक मर्यादापालकको पदमा नियुक्त व्यक्तिले नियुक्ति पाएको एक वर्ष पूरा गरेपछि जुन पदमा कार्यरत रहेको हो सो पदको शुरु स्केलको एक दिनको तलब बराबरको रकम तलबवृद्धि पाउनेछ ।
तर यस उपदफा बमोजिम कर्मचारीले पाउने वार्षिक तलबवृद्धिको कुल रकम नेपाली सेनाको
सम्बन्धित श्रेणीकोलागि नेपाल सरकारले तोकेको रकमभन्दा बढी हुने छैन ।
(३) मर्यादापालकले खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाड पर्व खर्चको रुपमा पाउनेछ ।
(४) मर्यादापालकले खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष व्यवस्थापिका–संसदबाट बजेट पारित भएपछि प्रोत्साहनस्वरुप पाउनेछ ।
(५) मर्यादापालकले पाउने भत्ता, विदा र अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।